काठमाडौं – बिश्वमै निकै चर्चामा आइरहने गायिका मेडोना फेरी एक बिषयले निकै चर्चामा आएकी छिन् । उनी जरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा आफ्नो प्रस्तुति दिन जाने भएकी छिन् । उनी उक्त कन्टेस्टमा प्रस्तुति दिन अर्को महिना जाने भएकी हुन् । उक्त प्रस्तुतिको लागी आयोजकले धेरै मोटो रकम दिने भएको छ । उनलाई मिलियन डलर ९११ करोड १० लाख नेपाली रुपैयाँ० दिने बताइएको छ ।

कटेरियल गर्ल गायिका मेडोनाले इजरायलको तेल अभिभमा प्रस्तुति दिनेछिन् । ६० वर्षकी मेडोना सँगै १६० जनाको टिम जाने बताइएको छ । उनी प्रस्तुति दिन चौथो पटक इजरायल जान लागेको बताइएको छ । यसअघि १९९३, २००९, २०१२ मा यहाँ शो गर्न गइसकेकी उनी यो अहिलेसम्मको सबेभन्दा महंगो बुकिङ रहेको बताइएको छ ।६० वर्षकी मेडोना ६ सन्तानकी आमा हुन् ।

तपाईको प्रतिक्रिया