विराटनगर,
फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका दुई चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ । दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

‘ए मेरो हजुर ३’ नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म हो । यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रियलर राई र सरोज खानलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया