एजेन्सी। शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको निधन भएको छ । कपुर ८७ वर्षका थिए र बुधबार उनको एक नीजि अस्पतालमा मृत्यु भएको हो ।

उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋतंभराले आफ्नो पोष्टमा लेखिन्, ‘मेरो बुवा राजकुमार कपुरको बुधबार अबेर राती निधन भयो । उनको अन्तिम संस्कार बिहिबार दिउँसो साढे तीन बजे गरियो ।’ यस्तै, शाहरुख खानले पनि ट्वीटरमा कपूरलाई श्रद्धाञ्जली दिएका छन् ।

निकै कमलाई थाहा छ कि निर्देशनमा आउनुअघि सेनामा कर्नल पदमा रहे । अवकाशपछि उनी मुम्बइए आए । उनले विज्ञापन र टिभी शो बनाए । यसबाहेक उनले ‘ह्वेन शिवा स्माइल्स’ नामको उपन्यास पनि लेखेका छन् । उनले शाहरुख खानलाई आफ्नो कार्यक्रममा ब्रेक दिए तर कहिले पनि शाहरुखको सफलताको श्रेय लिएनन् । उनी सधैं भन्थे, ‘शाहरुखलाई मैले नभई उनका आमा–बुवाले बनाएका हुन् । मैले एक राम्रा कलाकारलाई मात्रै मौका दिएको हुँ ।’फौजी शो आर्मी ट्रेनिङ स्कूलमा संलग्न हुने कमान्डोबारे थियो ।

तपाईको प्रतिक्रिया