काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ लाई विशेष शो मा रुचाइएको छ।

प्रदर्शनकै दिन राजधानी स्थित बिग मुभिजमा फिल्मको शो हेर्न पुगेका सेलिब्रेटीले फिल्म रुचाएका हुन्। डेब्यु फिल्म मार्फत नै दर्शकमा मनमा बस्न सफल सलिनमान बनियाको काम अझै परिपक्क भएको प्रतिक्रिया प्राप्त भएको छ।

फिल्म हेर्न आइपुगेकाले सलिनको अभिनय र एक्सनको तारिफ गरेका छन् । फिल्म हेर्न शिव श्रेष्ठ , दिनेश डिसी, दीपकराज गिरी, दीपाश्री निरौला, रेखा थापा, सीताराम कट्टेल, कुन्जना घिमिरे, रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक दिवाकर भट्टराई, निर्देशक मिलन चाम्स, निर्देशक अपिल विष्ट सहित भद्रगोल टिम लगायतले फिल्म हेर्दै तारिफ गरेका हुन्।

सम्पूर्णले फिल्मले मनोरंजनसंगै युवालाई दायित्वबोध गराउने विषय रहेको भन्दै तारिफ गरे। सलिनलाई फिल्मनगरीमा उज्वल भविष्य रहेको भन्दै प्रतिक्रिया प्राप्त भयो। फिल्म हेर्न आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टी केसी पनि आइपुगेकी थिइन्।

फिल्ममा डेब्यु गर्ल मलिका महतले ब्लाइन्डको भूमिका निर्वाह गरेकी छिन् । ‘हामी आत्मनिर्भर हुन्छौ र हामीले आफुलाई कसरि सबल बनाउछौ भन्ने प्रेरणा फिल्मले दिन्छ’ सृष्टीले फिल्म हेरेपछि प्रतिक्रिया दिदै भनिन् ‘यस विषय वस्तुमा फिल्म बनाउनु भएकोमा मेकरलाई धन्यवाद।’

फिल्म हेर्न आएका अधिकांसले विषयवस्तु र सलिनको एक्सनको तारिफ गरे। फिल्म गोपीकृष्णको गोपी, अष्टनारायणको क, गुणको क, बाराहीको क सहित ठुला हलमा प्रदर्शन भईरहेको छ। फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन्।

फिल्ममा सलिनसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गर्दै्छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्। कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन्।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्। फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन्।

फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ। फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन्।

तपाईको प्रतिक्रिया