राजु बोहरा–काठमाडौँ । स्थायी घर गोर्खा र हाल प्रबासमा रहेका सर्जक रमेश परियारको लय तथा शब्द सृजनामा एक निकै मन छुने गीत फेरी बजारमा आएको छ । पछिल्लो समयको बजारमा केहि कलाकारहरुले स्तर भन्दा पनि शंख्यात्मक गीतहरु बजारमा ल्याइरहेका छन् । तर सर्जक रमेशले भने शंख्या संगै नेपाली गीत संगीतको क्षेत्रलाई स्तर पनि दिईरहेका छन् । साहित्य प्रति अत्यन्त रुची राख्ने उनि आफै पनि त्यस्ता कयौं बाधा व्यवधानमा रुमलिए झैं आफ्नै सिर्जनाहरु पनि त्यस्तै तयार गर्ने गर्दछन् । रमेश गायन तथा मोडलिंग बिदामा पनि उत्तिकै पोख्त रहेका छन् ।

अहिले भर्खरै बजारमा आएको रमेशको सिर्जना रहेको गीत रबि राना मगरको प्रस्तुतिमा “नभेटिने कसम” बोलको रहेको छ । संगै जिउछु संगै मर्छु भनेर कसम खाएको आफ्नी प्रेमिकाले घात गरेपछी शहर नै छोड्ने निधो गरिएको वियोगान्त यस गीतको भाव लहरीमा देबी घर्ति र रबि राना मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको भाव जस्तै म्युजिक भिडियो पनि निकै मन छुने बनेर अहिले देवी म्युजिक प्रालिले आफ्नो आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिसकेको छ । भिडियोमा सागर थापा र साया भण्डारीको अभिनय देख्न सकिन्छ काजिश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने सम्पादन दिपक विस्टले गरेका छन् । हामी सर्जक रमेश परियारको थप सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया