काठमाडौं बैशाख ०३ । नेपाली लोक संगीत जगतकी सदाबहार मोडल अन्जु निरौलाले आफ्नै म्युजिक कम्पनीबाट पहिलो पटक ‘मायाँको झण्डा दिलमा फरर’ बोलको लोकदाहोरी गीत सार्वजनिक गरेकी छिन् । विगत डेढ बर्ष देखि म्युजिक भिडियोमा नदेखिएकी निरौलाले आफ्नै प्रस्तुतिको रुपमा यो गीत ल्याएकी हुन् । मोडल अन्जुले यस अगी पनि थुप्रै लोक तथा दोहोरी गीतहरुमा आफ्नो अभिनयको जादु आम दर्शकहरु माझ पस्किसकेकी छिन् त्यो त उनि म्युजिक भिडियोमा मात्र होइन केहि नेपाली चलचित्रहरुमा पनि देखिसकेकी छिन् ।

अन्जु द्वारा अभिनित पछिल्लो पटक बजारमा आएको “मायाको झन्डा” बोलको गीत रहेको छ । यस गीतमा नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक तथा सर्जक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको सुमधुर स्वर रहेको छ । बिमल डाँगीले एक बर्षको अन्तराल पछी यस गीतमा आफ्नो स्वर भरेका हुन् । हाल अमेरिकामा रहेका उनले पहिलेका गीतहरु जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनुहुने छ भन्ने कुरामा विश्वास ब्यक्त गरेका छन् ।

प्रस्तुत गीतमा स्थायी घर दैलेख र हाल काठमान्डौमा नै रहेका लोकप्रिय सर्जक गणेश चौलागाईको शब्द र बिमल डांगीको लय र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ । चर्चित निर्देशक शिब बि. क ले निर्देशन रहेको गीतको भिडियोमा अन्जु निरौला, रबिन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । गीतको भिडियोमा रामेश्वर कार्कीको क्यामेरा र कमल प्रसाँईको ड्रोन रहेको छ । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया