बलिउडकै प्रतिक्षित फिल्म कलंक बुधबारबाट रिलिज हुँदैछ । सञ्जय दक्त , माधुरी दिक्षित , आलिया भट्ट , बरुण धवन , सोनाक्षी सिन्हा र सिद्र्धाथ राय कपुरको मुख्य अभिनय रहेको यो फिल्म यतिबेला निकै चर्चामा रहेको फिल्म हो । चर्चा यस कारण पनि की कुनै समय प्रेम सम्बन्धमा रहेका माधुरी र सञ्जय दक्तले लामो समयपछि एकसाथ काम गरेका छन् । बलिउडमा निकै चर्चामा रहेको यो फिल्मको नेपाल रिलिजमा भने रोक लागेको छ । चलचित्र विकास बोर्डले फिल्मको सेन्सर पासका लागि अनुमति नदिएपछि नेपालमा कंलकको रिलिज रोकिएको हो । वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस सेन्सर पास गर्नका लागि बोर्ड पुगेको थियो तर नव निर्वाचित अध्यक्ष केशव भट्टराईको आदेश भन्दै फिर्ता पठाइदिए । सेन्सर शाखा अधिकृत गिरिश शर्माले अध्यक्ष भट्टराईको निर्णयमा फिल्ममाथि रोक लगाईएको बताएका छन् ।

भर्खरै मात्र चलचित्र बिकास बोर्डको अध्यक्षमा चुनिएका भट्टराईले बिदेशी फिल्माथि कोटा स्टिम ल्याउने शपथ ग्रहण कार्यक्रममा अभिव्यक्ति दिएका थिए । सोही अनुसार नै कंलकमाथि रोक लगाईएको बताईएको छ । नेपालमा बिदेश फिल्ममा लगाम कस्ने पाटोको रुपमा यसलाई हेरिएको छ । यता कंलकलाई सेन्सर पास नगरिएपछि क्यूएफएक्ससहितका मल्टिप्लेक्सले आक्रोस व्यक्त गरेको छ । क्यूएफएक्स संचालक भाष्कर ढुंगानाले भट्टराइको कदमको चर्काे आलोचना गर्दे ‘स्वार्थहरुको द्धन्द्ध’ र ‘अख्तियारको दुरुपयोग’ को रुपमा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै भनेका छन् “फिल्म कुन दिन रिलिज गर्ने चलचित्र बिकास बोर्डको काम हो र ? किन निर्माता , बितरक र प्रर्दशकबीचको सम्झौताले तय गर्ने हो ? चलचित्र बिकास बोर्डले फिल्मको मिती निकाल्ने त्यो पनि अध्यक्ष फिल्म चलेको बेलामा , यो त ठुलो प्रतिद्धन्द र अख्तियारको दुरुपयोग होईन र ?”

उनले भट्टराईले आफनो फिल्म यात्रा चलिरहदा कंलकमाथि रोक लगाउन खोजेको आरोप लगाएका छन् । स्रोतका अनुसार ‘कलंक’लाई बुधबार रिलिज गराउन गोपिकृष्ण, गंगा र गुण हलले अध्यक्षले निर्माण गरेको फिल्म ‘यात्रा’लाई ठूलो अकुपेन्सीसहितको अडिटोरियम उपलब्ध गराएका थिए । मंगलबार अध्यक्षसहित चलचित्र विकास बोर्डमा बसेको बैठकमा भट्टराईले बुधबार कुनै हालतमा फिल्म रिलिज नगर्ने तर, शुक्रबार हुनसक्ने भन्दै सफ्ट जवाफ दिएका थिए । अब यो फिल्म शुक्रबार पनि रिलिज हुन्छ की हुँदैन भन्नेमा अन्यौलता नै देखिएको छ ।

तपाईको प्रतिक्रिया