नेपाल प्राकृतिक सुन्दरताको धनी देश । आधुनिकताले भरिएको विश्वमा नेपालको सुन्दरता र मौलिकताबाट विश्व नै आर्कषित भएको देश हो । विश्वमा नै लोभलाग्दो पर्यटकीय देश मानिने नेपालमा पछिल्लो समय बिदेशी फिल्मको सुटिङ हुने क्रम निकै बढ्दो छ । हलिउडदेखि बलिउड सम्मका फिल्महरु नेपालमा सुटिङ हुन थालेको छ ।फिल्म सुटिङकै लागि देव आनन्द ,अमिताभ बच्चन ,अक्षय कुमार जस्ता ठुला स्टार नेपालमा आईसकेका छन् । त्यसोत यसअघि पनि बलिउडका फिल्महरु नेपालमा सुट भएका थिए । बलिउडका सुपरस्टार देवआनन्दले ‘हरे राम हरे कृष्ण’, को सुटिङ नेपालमा गरेपछि नेपालको सुन्दरता फिल्ममार्फत छायो । देव आनन्दको नेपाल मोह गज्जबको थियो । उनले ‘हरे राम हरे कृष्ण’संगै ‘जोनी मेरा नाम’ ,’ईश्क ,ईश्क , ईश्क’ को पनि नेपालमा सुटिङ गरेका थिए ।

त्यसपछि अमिताभ बच्चनको ‘महान’, ‘खुदा गवाह’, अनिल कपुरको ‘घरवाली बाहरवाली’, ‘युद्ध’, गोविन्दाको ‘एक हसिना एक दिवाना’ ममता कुलर्णीको ‘बेकाबु’ ,गायक सोनु निगम र नेपाली नायिका झरना बज्रचार्यको अभिनय रहेको फिल्म ‘लभ इन नेपाल’ , अक्षयकुमारको ‘बेबी’ फिल्मको सुटिङ नेपालमा पनि भएका थिए ।जसका लागि यी कलाकारहरु नेपाल आएका थिए ।बलिउडबाहेक भारतका थुप्रै भाषाभाषीका फिल्म पनि नेपालमा खिचिने गरेका छन् । आमिर , सारुख , अमिताभ बच्चन , सनि लियोनी लगायतका स्टारहरुले नेपालको जस्तो प्राकृतिक सुन्दरता कुनै पनि देशमा नभएको तर्कहरु दिईसकेका छन् ।

 

त्यसैगरी बलिउडको अर्काे फिल्म ‘सन्दिप और पिंकी फरार’ को पनि बैतडीमा सुटिङ भएको थियो । यसराज व्यानरमा निर्माण भएको यस फिल्मको सुटिङका लागि अर्जुन कपुर र नायिका परिणिती चोपडा नेपाल आएका थिए । त्यसबाहेक मुग्दा गोड्से र रुसलान मुमताज लगायत साउथ तथा भोजपुरी फिल्मका थुप्रै हस्तीहरुले नेपालमा आफनो फिल्मको सुटिङ गरिसकेका छन् जसको सिलसिला आजसम्म पनि जारी नै छ ।केही समय अगाडी मात्र अर्जुन कपुरको अभिनय रहेको फिल्म इन्डियाज् मस्ट वान्टेडको पनि पोखरामा सुटिङ भएको थियो । जुन फिल्ममा नेपाली कलाकारहरुले समेत अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया