काठमान्डाँै ,बैशाख ६ ।
निरन्तर रुपमा २०७२ सालबाट मोफसलबाट सञ्चालन भैरहेको सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला भएको छ ।

“नेपाली गीत संगीत हाम्रो पहिचान , सञ्चार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान ”भन्ने मुल नाराको साथ ‘पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ ’गर्न लागिएको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले जानकारी दिए ।

पहिलो र दोश्रो नुवाकोटा , तेस्रो धादिङ र चौथो अवार्ड बनेपामा यस आगाडी सफलता पुर्वक सञ्चालन भसकेको छ । यस पटक भन्ने भिन्न तरिकाबाट अन्तराष्ट्रिय स्तरमा गर्न लागीएको कार्यक्रम संयोजक गीता अधिकारीले जानकारी दिनुभयो ।

सो अवार्डमा राष्ट्रिय भावका गीत , लोकदोहोरी , आधुनिक, पप , मौलिक सिर्जनाका भाका , देउडा, पुर्वेली , तामाङसेलो मेन्दोमाया तर्फबाट ५० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले बताएको छ ।

अवार्डमा गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिलाहरुले सहभागीता जनाउन सक्ने भएका छन ।

२०७५ बैशाख १ गतेदेखि चैत मसान्तभित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने छन ।गायक गायिकाको हकमा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन् ।

फारम भर्ने अन्तिम मिति २०७६ बैशाख ३१गतेसम्म रहेको आयोजकले जनाएको छ ।आवेदन फारम सुन्दरादेवी सन्देश साप्ताहिकको कार्यलयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया