काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुति र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र काचुली को गीत रेकर्डिङ सुरु गरिएकोछ ।

राजेन्द्र बजगाईँको संगीत मा शंकर अधिकारी घायलको शब्द अनि नित्याशिवाको आवाज रहेको तिमी छौ र पो म जल्न छोड्या छु, तिम्रो हात छ र पो म ढल्न छोड्या छु बोलको रेकर्डिङ बाट सुरुवात गरिएको छ ।

फिल्ममा राजन महर्जन को नृत्य ,देव महर्जन को द्वन्द्व बिश्वास भण्डारी को सम्पादन रहने निमार्ण टिमले बताएको छ । बैशाख को अन्तिम साताबाट पुर्वाञ्चलका विभिन्न ठाउँमा यसको छायाँकन गरिने चलचित्रका निर्देशक शंकर अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया