राजधानीको पुरानो बानेश्वर बत्तीसपुतलीमा रहेको अत्याधुनिक फेमिली रेस्टुरेण्ट “अर्गानिक चोल्हो” खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट “अर्गानिक चोल्हो” स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको छ ।

हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने यस “अर्गानिक चुल्हो” मा मार्सी चामलको भात देखि थकाली खाना, चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको समेत हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । आफ्नो अनुभब तथा स्वदेशमानै केहि गरु भन्ने उदेश्यको साथ रेस्टुरेन्ट पर्यटन व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेस्टुरेन्ट नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस “अर्गानिक चुल्हो” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।

‘अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्ट भन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेस्टुरेण्ट संचालनमा ल्याइएको जानकारी’ “अर्गानिक चुल्हो रेस्टुरेण्ट एण्ड बार” संचालिका शितल श्रेष्ठले गराईन । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्, ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने यस अर्गानिक चुल्होमा खानाको पारखी तथा विभिन्न परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ । मनोरम शान्त बाताबरण, गार्डेन, फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम, यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस “अर्गानिक चुल्हो रेस्टुरेण्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।

स्थायी घर धनकुटा भई काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी मोडल शितल श्रेष्ठले संचालनमा ल्याएकी “अर्गानिक चुल्हो’ मा चर्चित सेलेब्रेटि, कलाकार, ब्यबसायी उद्धमी, समाजसेवी, जागिरे देखि सर्ब साधारणहरुको समेत बाक्लो उपस्थिति रहन्छ । गीति एल्बम बिमोचन, लोकार्पण, चलचित्रहरु शुभ मुहर्त लगायत पत्रकार सम्मेलन जस्ता कार्यक्रमहरु समेत आयोजना गरिने यस अर्गानिक चुल्होमा पारिवारिक वातावरणका साथमा सर्वसुलभ दरमा खानाको स्वाद चाख्न पाइन्छ ।

मोडलिङको यात्रा संगै ब्यबसायमा फड्को मारेकी मोडल तथा युवा ब्यबसायी शितल श्रेष्ठ हरेक दिन आफै ग्राहकहरुको सेवाको लागि मन्द मुस्कानको साथमा खटिरहेकि हुन्छिन । बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने यस रेस्टुरेन्टमा प्रत्यक्ष रुपमा १३/१४ जनाले रोजगारीको समेत अवसर पाएका छन् । शान्त र हरियाली वातावरणको माझमा स्वादिष्ट खानाको लागि “अर्गानिक चुल्हो” सम्पूर्ण देशी तथा बिदेशी नागरिकको लागि उत्कृष्ट गन्तब्यको साथमा एक विकल्प हुनसक्छ ।

तपाईको प्रतिक्रिया