नेपाली सिनेमा क्षेत्रमा यतिबेला लोकशैलीका गीतहरुको बाहुल्यता ह्वात्तै बढेको छ । ती गीतहरु दर्शक तथा श्रोताहरुले निकै रुचाएका पनि छन् । तीनै गीतमध्य सर्वाधिक रुचाईएको गीत हो “कुटुमा कुटु” “२ रुपैयाँ” फिल्ममा समाबेश उक्त गीतमा राजनराज सिवाकोटीको शब्द र संगित रहेको छ भने राजनराज र मेलिना राईको आवाज रहेको छ । स्वस्तिमा खड्का , आफिस शाह , निश्चल बस्नेत र बुद्धी तामाङ फिचर्ड रहेको यस गीतले रेकर्डमाथि रेकर्ड बनाईरहेको छ । यो गीत नेपालमा नै सबैभन्दा धेरै हेरिएको गीत बन्न सफल भएको छ । नेपालको जनसंख्या करिब करिब ३ करोडको आसपासमा छ जबकी यस गीतलाई १० करोड भन्दा बढि पटक हेरिएको छ ।

यही कारण यस गीतले नेपालमा सबैभन्दा बढि पटक हेरिएको गीतको रेकर्ड बनाएको हो । जबकी आजसम्म कुनै पनि गीतले यस्तो रेकर्ड बनाएको छैन । कुटुमा कुटुले एतिहासिक रेकर्ड बनाएपछि संगीतकर्मीले एतिहासिक क्षणको रुपमा लिएका छन् । संगितकार राजनराज सिवाकोटीले हर्षित गर्दे सबै दर्शकहरुलाई धन्यवाद दिएका छन् । यही गीतको लोकप्रियताको कारण नै फिल्मले दर्शक हलसम्म ल्याउन सफल भएको थियो । यही गीतको लोकप्रियतापछि स्वस्तिमा थप चर्चामा आएकी थिईन भने त्यसपछि उनलाई फिल्मी करियरमा लक नै लागेको छ । अब हेरौँ कुटुमा कुटुको रेकर्ड तोड्ने गीत कहिले आउँला ?

तपाईको प्रतिक्रिया