काठमाडौं। नायक विराज भट्टले चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका छन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले पाण्डेमाथि मुक्का हानेका थिए । पाण्डे विराजको आगामी चलचित्रमा पाण्डेले प्रोडक्सन डिनाइनरको जिम्मा लिएका थिए । सम्झौतापत्रअनुसार पुसबाट चलचित्रको छायांकन सुरु गर्ने भन्ने थियो । तर, चार महिनासम्म पनि छायांकन सुरु नभएपछि पाण्डेले काम छाड्ने बताए ।

पाण्डेको कुरा सुनेर आवेगमा आएका विराजले टाउकोमा मुक्का हानेका थिए । सोमबार राति नयाँ बानेश्वरस्थित एक क्याफेमा यो घटना घटेको थियो । विराजले चलचित्र छाड्दा आफूले भुक्तानी गरेको रकम फिर्ता मागेका थिए । तर, पाण्डेले ४ महिनादेखि आफ्नो समय त्यत्तिकै गएकाले रकम फिर्ता नगर्ने भनेपछि विराज आक्रोशित बनेका थिए । घटनाको बिषयमा चलचित्र प्राबिधिक संघले भने पुष्टी गरेको छ । संघका अध्यक्ष पुस्कर लामाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घटनाको भत्र्सनासमेत गरेका छन् ।

‘अभिनेता एवं निर्माता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवं निर्माण नियन्त्रक शंकर पाण्डेलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको घटनाप्रति संस्थाको ध्यानाकर्षण भएको छ । गरिमामय पेशामा आबद्ध व्यक्तिबाट यस्तो हुलहुज्जत हुनु पक्कै शोभनिय काम होइन’ लामाले अगाडि लेखेका छन् ‘घटनाबारे नेफ्टा सत्यतथ्य बुझेर आवश्यक कदम चाल्ने नै छ । हामी प्राविधिकहरुको इज्जत, गरिमा, मर्यादा र कर्मलाई उचो बनाउन सदैव क्रियाशील छौँ । इज्जत दिन सिकौं ।’

तपाईको प्रतिक्रिया