गत वर्षको फागुनमा लगनगाँठो कसेका नेपाली चलचित्र क्षेत्रका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् ।
केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।
अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तस्वीर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तस्वीरमा दुबै रोमान्टिक देखिएका छन् । एक तस्वीरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् । भने, दोस्रो तस्वीरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । दुबै तस्वीरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ ।
बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ’जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । जात्रैजात्राको फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् । विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए ।
गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने फिल्म ’दाल भात तरकारी’ को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी गराउँदै उनले जेठ ३ मा रिलिज हुने फिल्म ’जात्रै जात्रा’ को प्रमोसनको बेला भने आफू काठमाडौं आइपुग्ने वाचा गरेकी छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आजको राशिफल :वि.सं.२०८१ बैशाख १३ गते बुधबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्न...
१५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाईसेन्स !
मुकेश कुमार यादब/सिरहा, १२ बैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवार...
सामान्य बढ्यो नेप्से
काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्स...
दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्...
महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर
१२ बैसाख, महोत्तरी महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संय...
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्य...