अमृता भण्डारी ,काठमान्डौँ ।
योङ माइन्डस इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ सार्बजनिक भएको छ । जस मध्य सर्वोकृष्ट नव लोकदोहोरी शब्दमा शुभकामना गीत बाट सामना शाह छनौट हुन सफल भएकी छन ।

मध्य पश्चिमको दुर्गम जिल्ला जाजकोटको जगतीमा जन्मेर २०७४ साल बाट निरन्तर रुपमा कलम चलाउदैँ आएकी सर्जकका यस अगाडि चुरोट सल्काउने , बाटुली लगायतका हृदयस्पर्शी गीतहरु बजारमा आइसकेका छन ।

लोकगीत संगीतको क्षेत्रमा नयाँ तरिकाबाट केही गर्नुपर्छ भन्ने सोचका साथ गीत संगीतमा आफु आएको उनले बताइन ।

निरन्तर रुपमा लोक संगितलाई माथी उठाउनको लागी आफुले जस्तो सुकै अवस्थामा पनि साथ र सहयोग गर्न नछोडने उनले अठोट ब्यक्क्त गरिन । लोक संगीतलाई संघर्षको पर्याय जस्तै ठानेकी सामना सजिलै यो क्षेत्रमा स्थापित भएकी होइनन् ।

सामना शाहले लेखेको “ शुभ कामना“ गीतको बोलले उत्कृष्ट ५ मा पारेको हो । सामना शाह लाई उत्कृष्ट १ बनाउन म्यासेज बक्समा 4C टाइप गरि लेखेर मा ३५००५ पठाउन सकिने सामना शाहले बताइन ।

जसरी सिर्जनालाई आम दर्शक तथा स्रोताले अपार माया दिएका छ्न त्यसरी नै यो अभियानमा पनि सहयोग गर्नेमा उनि बिश्वस्त छिन ्।

तपाईको प्रतिक्रिया