नेपालीहरुमा हलिउड तथा बलिउड फिल्मको मोह कस्तो छ भनेर यसअघि नै देखिसकेको छ । यसलाई अझ बल पु¥याएको छ हलिउडको बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स इन्ड गेम’ले । आजबाट विश्वव्यापीरुपमा रिलिजमा आएको यस फिल्मले पैसाको बाढी नै बगाउने अनुमान गरिएको छ । बुधबारदेखि फिल्मको टिकट बुकिङ खुला गरेको थियो । टिकट खुला भएसंगै टिकट काट्नेको लाईन नै लागेको छ भने माग यति भयो की केही दिन अघि क्युएफएक्सको वेभसाईट नै क्रयास भएको थियो । टिकटका लागि दर्शकहरुमा हारालुछकै अवस्था रहेको छ । यसलाई फिल्मी पण्डितहरुले सुनामीकै नाम दिएका छन् । फिल्मले पहिलो दिनमा करोडसम्म कलेक्सन गर्ने अनुमान गरिएको छ । मल्टिप्लेक्सहरुमा फिल्मले राम्रो शो पाएको छ ।

यो फिल्मले २ हप्तादेखि दबदबामा रहेको ए मेरो हजुरलाई सकस पारेको छ । यसको शो पनि घटेको छ भने फिल्म ‘एभेन्जर्स इन्ड गेम’ का लागि यात्रा कै लागि हलबाट उतारिएको छ । ‘एभेन्जर्स इन्ड गेम’ले हेर्ने दर्शकको संख्यामा कमी नआए आइतबारदेखि ए मेरो हजुर ३ मल्टीप्लेक्सहरुबाट उत्रने सम्भावना प्रवल छ । फिल्ममा रोर्बट डाउनी जूनियर , क्रिस इवान्स , मार्क रफ्फालो , क्रिस हेम्सवर्थ , स्कारलेट जोहानसन ,जोस ब्रोलिन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया