बलिउडमा पहिले देखि नै राजनितीक प्रभाव पढ्दै आएको कुरा जगजाहिर नै छ । भारतमा विभिन्न पार्टीहरुले चर्चित कलाकार तथा खेलाडी लगायतका सेलिब्रेटीहरुलाई राजनितीमा प्रबेश गराउँछन् । महंगो रकम दिएर चुनावी प्रचारप्रसारमा दौडाउँछन् भने कोहीलाई त उम्मेद्वार नै बनाउँछन् । जसको कारण बलिउडका चर्चित हस्तीहरु कोही मन्त्रीदेखि सांसदसम्म बनेका छन् । यस्तै प्रभाव पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा पनि देखिन थालेको छ । कलाकारहरु समाजका दर्पण हुन उनीहरुले कुनै राजनितीक पार्टीको झण्डा बोकेर हिड्नु हुदैन भन्ने टिप्पणी पनि गरिन्छ तर पछिल्लो समय नेपाली कलाकारिताको क्षेत्रमा राजनिती राम्रैसंग हावी हुन थालेको छ ।

यसबीचमा नेपालका चर्चित कलाकारहरुको एउटा ठुलो समूह कांग्रेसमा प्रबेश गरेका छन् । प्रमखु प्रतिपक्ष दलको रुपमा रहेको नेपाली कांग्रेसमा हिजो नीर शाह, धिरेन शाक्य, झरना थापा ,जीवन लुइँटेल ,शंकर बिसी ,पार्बती राई लगायतका हस्तीहरु कांग्रेसमा प्रबेश गरेका छन् । कांग्रेसका नेता प्रकाशमान सिंहले यसबारेमा जानकारी दिँदै उनीहरु लगायत १५० जना कांग्रेसमा प्रबेश गरेको बताए । उनले कांग्रेसमा प्रबेश गरेका सबैलाई स्वागत गर्दे बधाई समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया