काठमाडौं, वैशाख १५ । बालबालिकाको बौद्धिक विकास तथा प्रतिभा प्रस्फुटन गर्नुका साथै बालबालिकाको सहयोगका लागि बालबालिका नै अगाडि आउनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको अग्नि चिल्ड्रेन फर चिल्ड्रेनको फिनाले शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा लोकेश्वर वैद्यले मास्टर बेबी पर्फरमेन्स बोइको उपाधि हात पारे । त्यस्तै युफी पन्थीले मास्टर बेबी पर्फरमेन्स गर्लको उपाधि हात पारिन् ।

प्रतियोगितामा सहभागी बालबालिकाको प्रोत्साहनका लागि विभिन्न विधाका टाइटलसमेत वितरण गरिएको थियो । ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष एवं प्रबन्ध निर्देशक आरके मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले इन्ट्रडक्सन राउन्ड, कल्चरल राउन्ड, ट्यालेन्ट राउन्ड गरी विभिन्न चरणमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

सुगर क्युबस एड्भटाइजिङ एन्ड इन्टरटेनमेन्टको आयोजनामा भएको अग्नि चिल्ड्रेन फर चिल्ड्रन कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका सहभागी थिए । कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रमले बालबालिकामा उत्साह थप्ने र एक असल तथा जिम्मेवार नागरिक बन्न मद्दत पुग्ने बताएका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया