काठमाडौं : मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि भगवान मानिसभित्र नै हुन्छ भन्ने सन्देश बोकेको गीत ‘मन्दिर धाए…’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द/संगीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ । एलेन मगरले छायाँकन गरेको गीतको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन् ।

लेलेका विभिन्न रमणिय दृश्य कैद गरिएको गीतको भिडियो व्हाइट पिगन मिडियाका लागि राजकुमार महर्जनले निर्माण गरेका हुन् । ‘हामीले यसपाली अलिक फरक खालको गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराइ दिनुहुनेछ’, राजकुमारले भने ।

तपाईको प्रतिक्रिया