राजु बोहरा–काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा महिला निर्देशकको परिचय स्थापित गराउन सफल पछिल्लो समय अत्याधिक दर्शक श्रोताको माया पाउन सफल निर्देशक हुन् बबिता श्रेष्ठ । श्रेष्ठको निर्देशनमा सांगीतिक बजारमा आएका लोक तथा आधुनिक गीतको म्युजिक भिडियोहरुले राम्रो चर्चा तथा सफलता कामाउन सफल पनि छ्न् ।

सोहि सफलताको साथमा भर्खरै मात्र सहयोगी बि.सी नेत्रको उत्कृष्ट लोक दोहोरी गीत “रुने पालो” लोकदोहोरी गीतमा पनि श्रेष्ठकै निर्देशन रहेको छ । उक्त गीतमा लय तथा शब्द सृजना भने गणेश परियारको रहेको छ । गीतमा मौसम गुरुङ र लक्ष्मी रेग्मीको सुमधुर स्वर सुन्न सकिन्छ । गायक मौसम गायन गायन बिदामा मात्र होइन मोडलिंग र बिभिन्न गीत संगीत सिर्जना गर्नमा पनि पोख्त रहेका छन् ।

टिका भुजेल र सानी परियारको अभिनय रहेको म्युजिक भिडियोलाई राजेश कुमारको सम्पादन र मुकेश हुमागाईंको छायांकनमा देख्न सकिन्छ । यस मोडल टीका भुजेलको जन्मदिनको अवसर पारी प्रीएसी म्युजिक प्रा.लीको युट्युब च्यानल बाट सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया