मुम्बई । बलिउडकी क्युट गायिका नेहा कक्करका लाखौँ फ्यान छन् । उनले जुन गीत सार्वजनिक गर्छिन्, ती गीत चर्चित भइहाल्छन् । सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहने गर्छिन् । उनी आफ्ना तस्वीर र भिडियो इन्स्टाग्राममा शेयर गर्ने गर्छिन् । हालै नेहाले एक भिडियो इन्स्टाग्राममा शेयर गरिन् । जुन भिडियोमा उनी बाथरुममा नाच्दै गरेको देख्न सकिन्छ ।

‘हौली हौली’ गीतलाई नेहा कक्कर र गैरी सन्धुले गाएका छन् । नेहाले यो गीत गाएर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी छिन् । नेहाले ‘हौली हौली’ गीतमा नाचेको भिडियो शेयर गर्दै फ्यानलाई कस्तो लाग्यो भनेर सोधेकी छिन् । उक्त भिडियोमा फ्यानले थुप्रै प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया