मुम्बई । बलिवुड अभिनेत्री कट्रिना कैफले आफ्नो अभिनेता रणबीर कपुरसँगको ब्रेकअप पछि पहिलो पल्ट आफ्नो ब्रेकअपको बारेमा खुलेर कुरा गरेकी छन् । रणबीरसँग फिल्म जग्गा जासुसको शुटिंगका क्रममा ब्रेकअप भएको थियो । कट्रिनाले सो ब्रेकअपको आफुले जिम्मेवारी लिदै जीवनमा सबथोक अनुभव गरेको र आफुले जीवन बारे धेरै कुरा सिकेको बताएकी छन् ।

उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई जीवनमा अगाडी बढ्न ब्रेक जरुरी थियो । त्यसैले मैले त्यो सम्बन्धको अन्त्य गर्नुपर्ने थियो । मेरो अगाडी यस्तो समस्या आएको थियो की मैले यस्तो निर्णय गर्नै पर्ने थियो ।’ आफ्नी आमाले कैयौ युवतीको जीवनमा यस्तो मोड आउने भन्दै यस्तो समस्यासँग लड्नु पर्ने बताएर सम्झाएको कट्रिनाले बताएकी छन् ।

प्रेममा पर्नु निकै रमाइलो चिज भएको बताउदै कट्रिनाले तर त्यो प्रेमले आफ्नो पहिचान दिलाउन सकदैन भने त्यसको कुनै काम नभएको बताईन् । सम्बन्ध बनाउनु राम्रो कुरा हो तर आफुले सबकुछ दिएको त्यो व्यक्तिले आफ्नो पहिचान दिन सक्दैन भने त्यसलाई अन्त्य गर्नु नै उपयुक्त हुने बताइन् । कट्रिना सलमान खानसँगको ब्रेकअप पछि रणबीर कपुरसँग प्रेममा परेकी थिइन् ।

कट्रिनासँगको ब्रेकअप पछि रणबीर भने अहिले अर्की अभिनेत्री आलिया भट्टसँग अफ्येर्समा रहेका छन् । कट्रिनाको भने अहिले विभिन्न अभिनेताहरुसँग नाम जोडिएको भएपनि अफ्येर्सको आधिकारिक पुष्टि भने भएको छैन ।

कट्रिना अहिले आफ्ना पूर्वप्रेमी सलमान खानसँगको फिल्म भारतको प्रमोशनमा व्यस्त छन् भने हालै उनले रोहित शेठीको फिल्म सूर्यबंशीमा अभिनेता अक्षयकुमारसँग अभिनय गर्ने तयारी गरेकी छन् । भारत आगामी जुन ५ मा रिलिज हुदै छ ।

तपाईको प्रतिक्रिया