मुम्बुई । बलिवुड अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको खुलासा भएको छ । पछिल्लो सात महिनादेखि अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका ऋषि कपुरलाई के भएको भन्ने अहिलेसम्म खुलेको थिएन ।

यस अघि ऋषि कपुरलाई क्यान्सर भएको भन्ने खबरको रणधीर कपुरले यो केवल हल्ला भएको बताएका थिए । तर अहिले ऋषि कपुरका नजिकका साथी तथा फिल्म मेकर राहुल जैनले सामाजिक संजालमा ऋषि कपुरसँगको पोष्ट सार्वजनिक गर्दै ऋषि कपुर अब ‘क्यान्सर फ्री’ भएको उल्लेख गरेका छन् ।

यसअघि ऋषि कपुरकी पत्नी नितु कपुरले नयाँ बर्ष २०१९ को शुभकामना लेख्दै ऋषि कपुरलाई क्यान्सर नै भएको संकेत गरेकी थिइन् । उनले प्रदुषण कम होस्, आशा गरौ भविष्यमा क्यान्सर एक राशि मात्र होस् भनेकी थिइन् ।

ऋषि कपुर विरामी भएको बेला पनि सामाजिक संजालमा भने सक्रिय रहेका छन् । पछिल्लो समय उनी अनुभव सिन्हाको फिल्म मुल्कमा काम गरेका थिए ।

यस अघि बलिवुड अभिनेत्री मनिषा कोइराला, सोनाली बेन्द्रे पनि क्यान्सरको सफल उपचार गराईसकेका छन् ।

तपाईको प्रतिक्रिया