एजेन्सी । बाहुबली अभिनेता प्रभाषको फ्यान फलोइङ विश्वभर फैलिएको छ । बाहुबली र बाहुबली–२ ले अभिनेता प्रभाषको जीवनमा नयाँ मोड ल्याएको छ । यसरी दुई फिल्म सुपर डुपर हिट भएपछि उनी बलिउड डेब्युलाई लिएर पनि निकै चर्चामा आएका थिए ।

प्रभाषको आगामी फिल्म ‘साहो’ हो । दर्शकहरुको लागि यो पखाईको फिल्म बनेको छ । यो फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपूर देखिदै छन् । अहिले यसै फिल्मको बाँकी सुटिङको लागि अभिनेता प्रभाष मुम्बई पुगेका छन् । उनको भाइरल बनिरहेको एक भिडियोमा आफ्नो फ्यानहरुसँग सेल्फी खिचाइरहेका छन् ।

भिडियोमा प्रभाष सिम्पल लुकमा देखिएका छन् । निकै कुल देखिएका छन्, भने उनले चश्मा लगाएका छन् । कलाकार नील नील नितिन मुकेश पनि साहोको टिममा जोडिएका छन् । उनको इन्स्टाग्राम पोष्टले यही भनिरहेको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीरमा अभिनेत्री श्रद्धा कपूर र निर्देशक सुजितसँगै देखिएका छन् ।

यो फिल्म २०१९ कै स्वतन्त्र दिवसको अवसरमा दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्ममा ज्याकी श्राफ, आदित्य श्रीवास्तब, टीनू आनन्द, मन्दिरा बेदी र चंकी पाण्डे लगाएतका कलाकारहरुको पनि मुख्य भूमिका हुनेछ । यो फिल्मको मुब्बई शेड्युलको सुटिङ सुरु भइसकेको छ । यो भन्दा पहिला साहोको सुटिङ इटाली, अबुधाबी र हैदरबादमा भइसकेको छ ।

तपाईको प्रतिक्रिया