काठमाडौँ । नायक भुवनले के.सीले ‘ड्रिम्स’ फिल्मको सुटिङ निमार्ण गर्ने क्रममा आफूलाई वेवास्ता गरेको खुलेआम बताएपछि भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहको दुस्मनी छरपस्ट भएको छ ।

नायक भुवन र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध नभएको र उनीहरूको दुश्मनी सतहमै आएको छ । स्पेशल स्क्रिनिङमा ‘ए मेरो हजुर–३’ फिल्म हेर्न गएका भुवनलाई मिडियाले सोधे ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको ?’ मिडियाले यसो भनेर सोध्दा भुवनले अभिनयमा  सुहाना अगाडि रहेको बताए । उता साम्राज्ञीले भने भुवनले मौका पाएको बेला आफूलाई चिढ्याउने अवसरको प्रयोग गरेको आरोप लगाएकी छिन् ।

तपाईको प्रतिक्रिया