आज अर्थात शुक्रबारबाट फिल्म ‘दाल भात तरकारी’ अल नेपाल सार्वजनिक प्रदर्शनमा आएको छ । यो फिल्मलाई क्यूएफएक्सले २० शोज दिएको छ । फिल्मका गीत र ट्रेलरले फिल्मको हाइपलाई माथि पर्याएको छ । त्यसमाथी कलाकारको जम्बो टिम छ । यसले गर्दा पनि फिल्मले राम्रो ब्यापार गर्ने अड्कल लगाउँन सकिन्छ ।

हलिउडको फिल्म एभेजन्र्सको उपस्थिती हुँदा पनि यसले २० शो पाउनु सुखद हो । हुनत, फिल्मले शो मात्र पाएर हुँदैन, व्यापार पनि गर्नुपर्छ । दाल भात तरकारीले देशभर नै कस्तो ओपनिङ गर्ला भन्ने चर्चा सुरु भएको छ । के यसले शत्रु गतेको रेकर्ड तोड्ला ? सुदन केसीले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया