नेपाली कलाकारहरूले अभिनय गरेका बलिउड फिल्म कड्के कमालकेमा रहेको नेपाली गीत सार्वजनिक गरिएको छ।

नेपाल र भारतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्मको झुमा झुमा बोलको गीत जी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कमल खत्री र सुमन गुरुङको स्वर रहेको गीत जी टिभीले आफ्ना ८ टेलिभिजन च्यानलबाट समेत प्रसारण गरेको छ। गीत आकर्षक कोरियोग्राफीसहित नेपालको भक्तपुरलगायतका शहरमा खिचिएको छ।

आर्यन अधिकारी, नीता ढुंगाना, राजपाल यादव, दयाशंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राना जंगबहादुर, उषा नाडकर्णीलगायतका कलाकारले अभिनय गरेको फिल्म लक्ष्मण सिंहले निर्देशन गरेका छन् भने मुम्बईका आशीष राजेले निर्माण गरेका छन्। फिल्ममा बलिउडका राजपाल यादव र नेपालका आर्यन अधिकारी मामाभान्जाको भूमिकामा छन्। फिल्म यी मामाभान्जाकै कथामा केन्द्रित छ।

फिल्म आगामी जेठ १० गते नेपाल र भारतमा एकै साथ रिलिज हुने भएको छ।

तपाईको प्रतिक्रिया