काठमान्डाँै ।
मनसुन क्रियशन प्रा लीको प्रस्तुतीम निकै रमाइलो भाकामा आधारित गीत “पण्डित बा “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा गायक बिनोद लामा र देवि गजमेरको आवाजमा सजिएको भिडियो सार्वजनिक भएको हो ।

बिक्रम लामाको सर्वोकृष्ट शब्द सिर्जना तथा बिनोद लामाको लय सिर्जनामा रहेको निकै चोटिलो प्रस्तुतिलाई गीत मार्फत समेटिएको छ । मायाको प्रेम प्रसंगलाई निकै रमाइलो तरिकाबाट ब्यक्क्त गरिएको छ । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन ।

बासु बरालको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छि धुर्बे र चर्चित मोडल आरुसी मगरको अभिनय रहेको छ ।

“पण्डित बा “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया