राजु बोहरा–काठमाडौँ । नेपाली भजनमा आफ्नो छुट्टै छाप बनाएका भजन गायक सरोज ढकाल’ले अहिले अशंख्य श्रोता एवं दर्शकहरुलाई लक्षित गर्दै एक मौलिक  काठे दोहोरी गीत (नक्कली) बजारमा लिएर आएका छन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतमा सरोज ढकाल र सर्मिला श्रेष्ठ’ को सुमधुर स्वर सुन्न सकिन्छ ।

त्यसो त गायक सरोज ढकाल’का भजन गीत हरु ,कृष्ण कन्हैया,चतरा धाम ,पार्ट १ पार्ट २ ,आज स्वार्थ पुरा गर्न जे नि गर्छ मान्छे, आज वृन्दावन’मा कृष्ण,आंखैमा कृष्ण’जी को रुपै, ए मन कृष्ण कृष्ण भन, भजन जनमानसमा चर्चित छन् । यो मात्र नभै यस भन्दा अगी सरोजले बिभिन्न लोक तथा दोहोरी पनि बजारमा ल्याइसकेका छन् । सरोज ढकाल’का भजन बाहेक, अन्य चर्चित दोहोरी गीत शिरमा फुल, दिलमा चोट, आज फोन चार्ज पनि, जस्ता गीतहरु गीतहरु रहेका छन् । काभ्रेली युवा कलाकार सरोजको यो पछिल्लो प्रस्तुतिलाई लय शब्द पनि उनि स्वयम् ले भरेका छन् ।

गीतको भिडियोमा निर्देशन मिलन श्रेष्ठ, ,छायांकन दिनेश मुस्कान ,भिडियो सम्पादन रोशन धिताल रहेको छ भने, भिडियोमा अभिनय शुक्र लामा ,रुद्र श्रेष्ठ ,सिर्जना घिमिरे , प्रनिता के सी ‘को अभिनय रहेको छ । गीतको भिडियोलाई मिलन फिल्मस प्रालि’को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया