काठमान्डौ बैशाख २२ गते शनिबारका दिन प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा लगातार १२६ घन्टा नृत्य गरेर गिनिज अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपाली चेली बन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डसको सर्टिफिकेट प्रदान गरेका छन् ।

बन्दना नेपाल फाउन्डेसनद्धारा आयोजित सो कार्यक्रममा सभापनि राम नेपाल, प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली, बिशेष अतिथी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड रहेका थिए । कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थीती रहेको थियो । बन्दना नेपाललाई गीनीज बुक अफ वल्र्ड रेकर्डसको सर्टिफिकेट हस्तान्तरण गर्ने कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

सो कार्यक्रममा बन्दना नेपालले नृत्य पनि प्रस्तुत गरेकी थिईन् । आफनो सपना साकार भएको र सपना साकार पार्न सर्वप्रथम घर परिवार अनि पत्रकारहरुको हात रहेको कुरा उनी बताउछिन् । लगातार १२६ घन्टा नृत्य देखाएर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपाली चेली बन्दना नेपाललाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफलताको शुभकामना ब्यक्त गर्दछौ । सोही कार्यक्रमको हेर्नुहोस् भिडियो  रिपोर्ट ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नहोला ।


 

तपाईको प्रतिक्रिया