दर्शकहरुले अति नै मन पराइएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत म्युजिक भिडियो रिलिज लगतै यु ट्युबको ट्रेनिङमा अघि बढेको छ। जिनियस म्युजिक मार्फत सार्बजनिक भएको गीतको भिडियोमा अहिलेकी चर्चित नायिका पूजा शर्माले आठ वर्ष पछी यो म्युजिक भिडियोमा काम गरेकी हुन भने भिडियोमा आकाश र पूजाको तारिफको ओहिरो लागेको छ।”के गर्ने के गर्ने माया भन्छिन् अहिले बिहे गर्ने” गीत संयोग बस उहाँहरुकै जोडी सँग अलि अलि मेल खाए जस्तो नी लाग्छ,गीत अत्यन्तै सरल र सुमधुर छ ।

रमेश पाठकको शब्द सगीत रहेको गीतमा रमेश र अहिलेकी बहुचर्चित गायिका मेलिना राईले साथ दिनु भएको छ ।भिडीयोमा अत्यन्त शुन्दर तबरले कलाकारहरुलाई देखाइएको छ हेर्दा आनन्द महसुस हुन्छ। ज्ञानेन्द्र शर्माको छायाँकन, पवन सुसलिंगको सम्पादन रहेको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्माको साथमा गोमा के.सी. र उमाकान्त सापकोटाको पनि छोटो भुमिका देख्न सक्नुहुनेछ। भिडियोलाई अहिलेका चर्चित निर्देशक शिब बिकले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया