राजु बोहरा–काठमाडौँ । बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील शिब हमालको लय शब्दमा “साइँलो” बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत अहिलेको गीत संगीतको भिडमा साइँलो बाट जेठो बन्ने संकेत देखिएको छ ।

केहि महिना अगाडी मात्रै सार्बजनिक भएको लोक दोहोरी गीत “लालुमै” चर्चा सेलाउन नपाउंदै उनको यो अर्को सांगीतिक कोसेलीले पनि सार्बजनिक भएको हप्ता दिन नबित्दै अत्याधिक दर्शकहरुको माया बटुल्न सफल भएको छ। अहिले “साइँलो” को युट्युब भ्युवर्स शंख्या करिब  ६ लाखको हाराहारीमा पुगिसकेको छ ।

उक्त गीतलाई गत बिहिबार काठमान्डौको अनामनगर स्थित युनियन हाउसमा लोकार्पण गरिएको थियो यसै कार्यक्रममा “लालुमै” करोड क्लबमा पुगेको खुसियाली पनि बाँडिएको थियो । यस पटकको “साइँलो”  बिक्रम रानाको प्रस्तुतिमा रहेको छ यस गीतमा बिष्णु माझी र बिक्रम रानाको सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै खर्चालु ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नेपाली चचित्र जगतका नायक दिलिप रायामाझी र श्रीकविता नेपालीको लोभलाग्दो अभिनय देख्न सकिन्छ । बहुचर्चित सर्जक शिवको लय शब्द बाट सजिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन सुदिप बराल र सम्पादन बिष्णु शर्माले गरेका छन् । हामी सर्जक शिब हमालको तर्फबाट कर्णप्रिय गीत संगीतहरु बजारमा आउन् उनको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया