Flash

काठमाडौं । ‘नेपाल्स स्टार मोडल’को चौथो सिजन शुरु भएको छ । आयोजक सिद्दि मिडियाले विज्ञप्ती जारी गर्दै ‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला भएको जनाएको छ ।

देशभरका १६ देखि ४० बर्षसम्मका बिवाहित, अबिवाहित महिला तथा पुरुषले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा विद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यवसायीलगायत हर तहतप्काका पुरुष र महिलाहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो अडिसन यहि बैशाख २८ गते काठमाडौंमा आयोजना हँुदैछ । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगिले मात्र अन्तिम स्पर्धाका लागि एक महिनासम्म विशेष प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

प्रशिक्षणका क्रममा उनीहरुलाई ट्रेनर, सेलिब्रेटी र चर्चित मोडल लगायत प्रशिक्षकबाट सञ्चार कला, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत बिभिन्न विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पासहित बिभिन्न गतिविधिमा समेत सहभागी गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए । महिला तथा पुरुषले आफ्नो व्यक्तित्व विकास गर्दै समाजमा आफ्नो महत्वपूर्ण स्थान बनाउन प्रतियोगिता लाभदलायक सिद्ध हुने शाहको विश्वास रहेको छ ।

प्रतियोगितामा सहभागिताका लागि सिद्दि मिडियाको कार्यलय तथा फेसबुक पेजबाट पनि आवेदन भर्न सकिनेछ । प्रतियोगिताका शीर्ष बिजेताले ३० हजार नगद सहित बिभिन्न उपहार र फष्टअप रनर र सेकेन्डअप रनरले क्रमश २० र १० हजार नगद सहित बिभिन्न उपहार जित्न सक्ने आयोजकले जनाएको छ ।

Published date : २०७६-बैशाख-२७ २०:२५

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]