काठमाडौँ बैशाख – २८ पछिल्लो समय नेपाली सांगीतीक बजारमा लोक दोहोरी गीतको चर्चा एका-एक चल्न थालेको छ । यसरी चुलिएका गीतहरुमा गरिएने खर्च पनि निकै चुनिलिएको छ । बजारमा दिनहुँ नयाँ-नयाँ उत्कृष्ट गीतहरु आई रहेका छन् । यसै बिच भर्खरै मात्र अर्को एउटा उत्कृष्ट गीत “सारै मन अत्याउने” बजारमा आएको छ । बिक्रम मल्लको प्रस्तुति रहेको यस गीतमा चर्चित गायीका बिष्णु माझी र बिक्रम मल्लको समधुर स्वर रहेको छ । गीतको शब्द शृजना पछिल्लो समयका व्यस्त सर्जक प्रदिप अधिकारीले गरेका हुन् भने लय शृजना धुर्वराज धितालले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा “सालको पातको टपरी” बोलको गीतबाट एकाएक चर्चामा आएकी नायिका मरिस्का पोख्रेल र बिनोद न्यौपानेले अभिनय गरेका छन् । बिनोद र मरिष्का दुबै नेपाली चलचित्र क्षेत्रका कलाकार हुन । बिनोदले “शुश्रि सम्पती” “कोहलपुर एकसप्रेस” लगायतका चलचित्रमा काम गरि सकेका छन भने मरिस्काले पनी ‘के म तिम्रो होइन र’ नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी थिईन् । उनी अभिनित दोश्रो चलचित्र ‘चपली हाइट २’ ले राम्रै सफलता पायो । प्रस्तुत “सारै मन अत्याउने” बोलको गीतको म्युजिक भिडियो निर्देशन दिपेन्द्र तिमिल्सिनाले गरेका हुन भने छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया