राजु बोहरा–काठमाडौँ । ‘सिक्स एट बिट’ का लोक गीतहरू बजारमा आउने होड चलिरहेको बेलामा सर्वप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द र संगीतमा अर्को गीत भरखरै बजारमा आएको छ बजारमा आएको छ । “छिप छिप पानीमा लेउ” नाममा बजारमा आएको उक्त गीतलाई सार्बजनिक भएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको नजर परिसकेको छ । अर्थात् तास खेलको भाषा प्रायो गर्ने हो भने यस गीतको कारण सर्जक एकनारायण भण्डारीलाई त्रिबल एक्का हात परेको छ ।

‘छिपछिपे पानीमा लेऊ ’ बोलको गीत पिताम्बर जी.सी को प्रस्तुति हो । गीतमा विष्णु माझी र पीताम्बर जीसीको स्वर रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी र निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दीलिप रायमाझी र सुरक्षा पन्तको अभिनय रहेको छ । भिडियोलाई छायांकन राजेश घिमिरेले गरेका छन् ।

पछिल्लो समयमा नेपाली लोक गीतको बजारमा नाच्न मिल्ने खालका ‘सिक्स एट बिट’ का गीतहरू बढी मात्रामा बजारमा आएका छन् । यी गीतहरूमा ‘कोरस’ स्वर र ‘कोरस डान्सर’ हरूको प्रयोग पनि बढी हुने गरेको छ । लोक गीतको क्षेत्रमा आएका यस्ता गीतहरूले अहिलेसम्म बजारमा चल्दै आएका गीतहरूको ‘ट्रेन्ड’ नै परिवर्तन गरिदिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया