काठमान्डौ बैशाख २९ – चर्चित हास्य टेलिश्रृङखला का कलाकार हाँस्य कलाकार मधु आचार्यले नयाँ युट्युव सिरिज ल्याउने भएका छन् । चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सैँ ’ र विभिन्न चलचित्रमा मुख्य भुमिका निवार्ह गरेका उनले छिटटै नै आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी नयाँ हाँस्य सिरिज सुरुवात गर्न लागेको जानकारी दिए ।

धेरै दर्शक को चाहाना अनुरुप नयाँ टेलिश्रृङखला लाई ल्याउने निर्णय आफुले गरेको सो हाँस्य टेलिश्रृङखलाका निर्देशक तथा लेखक मधु आचार्यले बताए । अहिले सुटिङमा छौ अब छिटटै नै ल्याउने तयारीमा छौं’ मधुले बताए । उनले थुप्रै चलचित्रका काम गरिसकेका छन् तर पछिल्लो केहि समय मेरि बास्सैँमा नियमित रुपमा अभिनय गर्दैँ आएका थिए ।
सिरिजमा आफ्नो मुख्य भूमिका रहेको पनि खुलाए । सो हास्य टेलिश्रृङखला जिया केसी , कर्णप्रिय , सिता धमला , मधु आचार्य , कृष्ण जोशी , सुप केसि , सुपा केसि , आकाश केसि , बिन्दु केसी लगायतका नव कलाकारहरुको अभिनय रहेको छ । हाल ३ एपिसोड छायाँकन भै सकेको मधुले बताए ।

तपाईको प्रतिक्रिया