काठमान्डौ बैशाख २९ – वरिष्ठ गीतकार किरण खरेल ज्यूको प्रमुख आतिथ्यता र बरिष्ठ संगीतकार शक्ति बल्लभ, साहित्यकार डाक्टर रेनुका सोलु , साहित्यकार ठाकुर शर्मा, रामप्रसाद पन्त बिशेष आतिथ्यतामा दिलिप योन्जन तामाङ ज्युको मुक्तक संग्रह ‘अबिरल’एल्बम ‘अनुराग’ हिजो प्रज्ञा प्रतिष्ठानमा बिमोचन भएको छ । गीति संग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ भने, राजेश पायल राई, सन्तोष लामा र श्रेयसी चेम्जोङ लिम्बु को स्वर रहेको छ ।

यस गीति संग्रहलाई बिन्ध्यबासिबी म्युजिक प्रा लि ले बजारमा ल्याएको हो । सोही एल्बममा रहेको “गोधुलीमा उनीलाई भेट्दा परी जस्तै लाग्यो “ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । उक्त सार्बजनिक भिडियोको गीतमा स्वर सन्तोष लामाको रहेको छ,  भिडियोमा श्रृष्टि खड्का र गम्भीर बिष्टको अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियोलाई गम्भीर बिष्टको निर्देशन उत्सव दाहाल छायांकन रहेको छ भने दिपक बिष्टले यसको भिडियोलाई सम्पादन गरेका छन् । हामी गीतकार तामाङ लाई सांगीतिक यात्राको निरन्तरताको लागि शुभकामना र नयाँ कृतिहरूको लागि हार्दिक बधाई ब्यक्त गर्दछौं ।

“गोधुलीमा उनीलाई भेट्दा परी जस्तै लाग्यो “ बोलको गीतको म्युजिक भिडियो हेर्न तल    क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया