काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘यात्रा लामो ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । नबोलेर नै कतिपय अवस्थामा मायालुको माया पाउनबाट बञ्चित हुनुपर्दाको पिडालाई गीतमा समेटिएको छ ।
प्रेम थापाको शब्दमा रहेको गीतमा सिएल शर्मा को संगीत छ । गीतको भिडियोलाई सुरज इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ । सुरज खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा सुरज श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘यात्रा लामो’ को भिडियोमा दिपक लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

‘यात्रा लामो’ गीतको भिडियो हेर्नुृहोस भिडियो ।

तपाईको प्रतिक्रिया