आर पोखरेल काठमान्डाँै ।
लाउ लाउ र खाउ खाउको उमेरमा लमजुङको राईनास नगरपालिका तिनपिप्लेकी रेजिना श्रीमल यतिबेला मृत्युसंग लडिरहेकी छिन ।

कक्षा ११ मा पढदँै गरेकी रेजिनालाई ब्लड क्यान्सर भएको डाक्टरहरुले पुष्टि गरेपछि अहिले परवारमा रुवावासी चलेको छ । विपन्न परिवारमा जन्मिएकी रेजिनाको परिवारमा निकै ठुलो बज्रपात भएको छ ।

काठमाण्डौ नयाँबानेश्वर स्थित सिभिल हस्पिटलमा उपचार गरीरहेकी रेजिनाको आर्थिक स्थिती न्युन छ । दैनिक छाक टार्न समेत धौ धौ परिरहेको अवस्थमा छोरीलाई भयानक रोग लाग्दा आफु निकै दुखी भएको रेजिनाका बुवाले बताए ।

चार महिनादेखी छोरीलाई अस्पतामा राखेर धेरै पैसा सकिसकेका रेजिनाका बुबा यतिबेला ठुलो आर्थिक संकटमा परेको बताउछन । २०६२ सालमा चितवन कालिखोलामा भएको बस दुर्घटनाबाट पत्नी बियोग खेपेका रेजिनाका बुबा राम श्रीमलालाई फेरी अर्को यस्तो बज्रपात आईपर्यो ।

हुर्कदै गरेकी छोरीलाई यस्तो रोग लागेपछी एकातिर पिर मर्का त छदैछ अर्को तिर आर्थिक अभाबले पिरोल्दा दोहोरो मारमा परेका छन श्रीमल । उनले आफुलाई सहयोग गर्नको लागी अपिल गरेका छन । छोरीको जिवन रक्षाका लागी आफुलाई सक्दो सहयोग गर्नको लागी मनकारी मन हरुलाई आग्रह गरेका छन । हेर्नुहोस यसै सन्दर्भमा सहकर्मी स्वस्तिका चिलुवालले गर्नुभएको कुराकानीको अंश

तपाईको प्रतिक्रिया