काठमाडौं । कुनै समय एकदमै व्यस्त नायक दयाहाङ राईको पछिल्लो समय क्रेज घट्दै गइरहेको छ । उनी नेपाली चलचित्र ‘लुट’बाट निकै नै चर्चा कमाएर चलचित्र क्षेत्रमा फस्टाएका थिए । उनले दर्शकमाझ आफ्नो छुट्टै क्रेज बनाएका थिए । तर उनको त्यो क्रेज पछिल्लो समय घट्दै आइरहेको छ ।

उनले कबड्डी चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका थिए । अब फेरि नेपाली चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज पनि निर्माण हुने भएको छ । जु्न चलचित्रको नाम ‘कबड्डी कबड्डी कबड्डी’राखिएको छ । जेठको ५ गतेबाट छायांकनमा जाने भनिएको यस चलचित्रलाई भदौदेखि तिहारसम्म जुनसुकै बेला पनि रिलिज गर्ने निर्माणपक्षको योजना छ ।

चलचित्रमा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई केन्द्रीय भूमिकामा रहने निर्माण टिमको भनाई छ । अब प्रश्न यो छ कि के दयाहाङ राइले आफ्नो खस्कँदै गएको क्रेज जोगाउलान् रु त्यो भने अब चलचित्र प्रदर्शन भएपछि नै थाहा हुनेछ ।

यस चलचित्रमा अघिल्ला सिरिजमा नभएका कलाकार नायक कर्मा र नायिका उपासना सिंह ठकुरी थपिएका छन् । त्यस्तै चलचित्रमा नायिका रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराललगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।

स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा यो चलचित्र बन्ने निर्माण पक्षले बताए । बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी रहने छ ।

चलचित्रको छायांकन शैलेन्द्रध्वज कार्कीले गर्दैछन् भने निमेष श्रेष्ठले सम्पादन गर्ने भएका छन् । चलचित्रको निर्देशन यस अगाडिका सिरिजकै निर्देशक रामबाबु गुरुङले गर्नेछन् ।

तपाईको प्रतिक्रिया