पछिल्लो समय भारतीय विभिन्न रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र सहभागीताहरु निकै बढिरहेको छ । कतिपय नेपालीहरुले त शोको उपाधी नै उचालेका छन् भने कतिले शोमा देखाएको आफनो प्रतिभाको कारण नै बलिउडमा सक्रियरुपमा काम गरिरहेका छन् । यतिबेला पनि भारतीय रियालिटी शोमा नेपालका २ बालकहरुले तहल्का मच्चाईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले तहल्का मच्चाईरहेका छन् । उनीहरुले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै आफनो यात्रा शोमा अगाडी बढाईरहेका छन् । उत्कृष्ट पर्फमरको रुपमा देखिँदै आएका प्रितम आचार्यको प्रस्तुतीलाई भारतीयहरुले पनि प्रशंसा गर्दै आएका छन् भने बलिउडका चर्चित कलाकारहरुले समेत उनको सामाजिक सञ्जालमाफर्त प्रशंसा गरिसकेका छन् ।

उता रोमाण्टिक अनि सफ्ट गीतमा निकै रुचाईएका आयुष केसीले पनि सबैको मन जितिरहेका छन् । यी दुबैले भारतीय प्रतिष्पर्धीहरुलाई कडा टक्कर दिँदै नेपाल र नेपालीहरुको प्रतिनिधित्व जनाईरहेका छन् । यसबीचमा शोमा यी दुबै जना टप ९ मा पुग्न सफल भएका छन् । आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्। फ्रेब्रुअरी ९ बाट सुरु भएको “सारेगमप लिटिल च्याम्स” मा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् । अब उनीहरुलाई आगामी यात्राका लागि भोटको पनि आवश्यकता पर्नेछ । दुबै जनालाई थप सफलताका लागि शुभकामना…

तपाईको प्रतिक्रिया