राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल नकुल ढकाल “नबिन” भर्खरै अर्को पृथक स्वादको गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी सम्म सरल तथा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिभिन्न गीतहरु बजारमा ल्याउने गर्दथे । तर पछील्लो समय गीत संगीतको मार्केट डिजिटल भएपछी आफुले पनि आफ्नो सांगीतिक यात्रालाई थोरै ब्यवासाहिक रुपमा तयार गर्ना बाध्य भएको बताउछन् ।

नकुलले केहि समय अगाडी “उखान युद्ध” नामक सांगीतिक कोसेली बजारमा ल्याएका थिए । उक्त गीत अत्यधिक दर्शकहरुको रोजाइमा परेपछि यस पटकको गीत पनि सोहि स्वादमा बजारमा ल्याएका हुन् । उनको यसपटकको गीत “प्रेम युद्ध” नाममा बजारमा आएको हो । यस गीतमा योगेश काजि, नकुल ढकाल “नबिन” र सम्झना लामिछाने मगरको सुमधुर स्वर रहेको छ । गीतलाई शब्द संगीत नकुल ढकाल “नबिन” को रहेको छ ।

ब्याटल स्वादमा सार्बजनिक भएको यस गीतको म्युजिक भिडियोमा योगेश काजि, नकुल ढकाल “नबिन” र सम्झना लामिछाने मगर र साथीहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का  सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई नकुल ढकाल “नबिन” को आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया