जेठ ३, भारत । कंगना रनौत र आदित्य पंचोलीको मामला एकपटक पुनः चर्चामा छ । आदित्य पंचोलीले कंगनाका वकिल रिजवान सिद्दिकीमाथि उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको जानकारी दिएका छन् । अब पुलिस कंगनासँग यही मामलामा चाँडै नै सोधपुछ गर्नेछन् ।

मुम्बई पुलिस कंगना स्वदेश फर्किने प्रतिक्षामा छ । भारत फर्कने बित्तिकै मुम्बई पुलिस कंगनाको बयान दर्ता गर्नेछ । स्मरण रहोस्, कंगना रनौत अहिले कान्स फिल्म फेस्टिबलमा सरिक हुनका लागि फ्रान्समा छिन् । यस्तै, पुलिस यो मामलामा अनुसन्धान गरिरहेको छ ।

आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि यसको भिडियो पनि दिएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया