काठमाण्डौ जेष्ठ ०५ – गायिका सुजता केसीको नयाँ गीत “मलाई के थाहा त” भर्खरै मात्र बजारमा आएको छ । गायिका केसीको जेठ ४ गते जन्मदिन परेको अवसरमा पत्रकारको साथमा उनले नेपाल स्नेही काख ललितपुरलाई सहयोग गरेकी हुन् ।

सरोज लामिछानेको शब्द, संगीत रहेको यस गीतमा सरोज लामीछाने र सुजता केसीको स्वर रहेको छ । चर्चित एबं लोकप्रिय निर्देशक शिब बिकको निर्देशन रहेको गीतमा बिरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा याँशु श्रेष्ठ र युनिशको अभिनय हेर्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया