गायक पेमामान सिंह तामाङ नयाँ गीतको म्युजिक भिडियो सहित पुन: नेपाली सागीतिक बजारमा आएका छन।
गायक तामाङको केहि दिन अघि मात्र आफ्नै शब्द सगीत र स्वरमा रहेको गीत ‘नाइन टु फाइभ ‘को भिडियो सार्वजनिक भएको छ। बिशेष गरी ९ _ ५ को जागिर खाने व्यक्तिहरुको समस्या संग मिल्दो जुल्दो गरी निकै रमाइलो ब्यङगात्मक शैलीमा बनाइएको गीतको म्युजिक भिडियोमा सोनाम ब्लन लामा ,जोया श्रेष्ठ ,एमी लामा ,धर्म बज्र लामा ,समीर लामा ,सुजिल श्रेष्ठ लगायत साथीहरुको अभिनय रहेको छ। भिडियोमा सन्तोष लामाको सिनेमाटोग्राफी रहेको छ भने पेमामान सिंहको सम्पादन र निर्देशन रहेको छ । सन् २००१ मा पहिलो सांगीतिक एल्बम आएदेखि पेमाको करिब १ दर्जन जति गीतहरु आइसकेका छन भने पछिल्लो समय उनी समाजिक चेतना बढाउने खालका म्युजिक भिडियोको निर्माणमा बढी ब्यस्त छन् उनकै निर्देशन एबम उनकै कम्पनी [पी एम एस टी]को निर्माणमा धेरै भिडियोहरु बजारमा आइसकेका छ्न ।

तपाईको प्रतिक्रिया