काठमाडौं । नेपाली चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण टिमले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १७ गतेलाई काउसोको प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्रका निर्देशक तथा लेखक मदन घिमिरे हुन् । चलचित्रमा उनको लेखन तथा निर्देशन मात्रै नभई उनले गीतसमेत लेखेका छन् । निर्माण टिमका अनुसार यो चलचित्र पारिवारिक चलचित्र हो ।

चलचित्रमा नायक सविन श्रेष्ठ, अर्जुन गुरुङ, भँगेरी डन, जनु पराजुली, रामचन्द्र अधिकारी, सुररेन्द्र चापागाई, नविन आचार्य, सन्नी भट्टराई लगायतका कलाकारहरु समावेश छन् ।

चलचित्रलाई सिताराम तिमल्सिनाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता भगवान खत्री हुन् । चलचित्रमा विकास चौधरीले संगीत भरेका छन् । त्यस्तै चलचित्रका प्रस्तुतकर्ता राजेन्द्र बस्नेत हुन् ।

रामेश्वर हुमागाईले छायांकन गरेको यस चलचित्रलाई नविन निरौलाले छायांकन गरेका हुन् । चलचित्रमा विक्रम स्वारले नृत्य निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया