राजु बोहरा–काठमाडौँ । लोक गीतमा लोकका भाव हुनुपर्दछ लोक दोहोरी गीतले सामाजिक यथार्थतालाई बाहिर ल्याउनु पर्दछ यस्तै पेरिफेरीमा तयार भएको गीत “छोरो अमेरिका छ” बोलको गीत सार्बजनिक भएको छ । यस गीतलाई हिजो मात्रै ललितपुरको हिमालायन होटलको सभाकक्षमा धुमधामका साथमा बिमोचन गरिएको हो । श्रम, रोजगार तथा सुरक्षा मन्त्रि गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बिमोचन कार्यक्रम बरिष्ट अभिनेता निर शाहले नेपाली लोक तथा दोहोरी गीत र यस भित्रको नालीबेलीको बिषयमा बोल्दै गाउन नआएता पनि आफुलाई लोक दोहोरी गीत सुन्न थालेपछि दिनरात बितेको पत्तो नहुने धारणा ब्यक्त गरेका थिए । उनले यस गीतको पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् । निर शाह लगाएत थुप्रै कलाकारहरुले यस गीतले सामाजिक यथार्थता बोलेकोले पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

शिरिष देवकोटा र सम्झना भण्डारीको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय गायक स्वयम् शिरिष देवकोटा स्वयम् ले भरेका हुन् । गीत सुन्दा र हेर्दा जो कोहीको पनि आशुं झर्ने किसिमको बनेको छ । त्यसैले पनि उक्त बिमोचन कार्यक्रममा उपस्थित सम्पूर्णलाई छोरो अमेरिका छ लिखित रुमाल पनि प्रदान गरिएको थियो । यस गीतको म्युजिक भिडियोमा बरिष्ट अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिक जंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा. ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको जिबन्त अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया