नेपालमा पछिल्लो समय विभिन्न बिदेशी रियालिटी शोहरु भित्रिने क्रम जारी छ । जुन रियालिटी शोहरुले नेपालमा राम्रै चर्चा कमाईरहेका छन् । यसबीच केही समय अगाडीमात्र नेपालमा पनि विश्वभर चर्चित रहेको रियालिटी शो बिग ब्रदर नेपालमा संचालन हुने घोषणा गरिएको थियो । नेदरल्यान्डसको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदर रियालिटी टीभी शोको फ्रेन्चाईजी बिग बोस अब नेपालमा पक्का भएको थियो । आइम्याक्स प्रोडक्सनले नेपालमा उक्त शो औपचारिकरुपमा नै ल्याएको थियो तर भारतले भने उक्त शो संचालनका लागि रोक लगाएको छ । भारतको प्रोडक्सन हाउस एन्डेमोल शाइनले नेपालमा बिग बोस संचालनमा रोक लगाउँदै आइम्याक्स प्रोडक्सनका सीईओ अर्जुन नरसिंह केसीका नाममा सूचना जारी गरेको छ ।

विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ तथा आर्ट क्रिएसन प्रालिलाई गरिएको छैन । बिग बोस भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस ‘आखाँ’ एन्डेमोल शाइन इन्डियाको ट्रेडमार्क भएको बताइएको छ । आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्ट गरेर एन्डेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेको भन्दै चेतावनी दिएको हो ।

एन्डेमोलले आईम्याक्सलाई सहकार्य गरेको गलत खबर दिईएको कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराइट आइम्याक्सलाई लाइसेन्स प्रदान नगरेको दाबी गरेको छ । उसले आइम्याक्सलाई सहकार्यको गलत खबर फैलाएकोमा माफी माग्न भन्दै बिग बोस वा बिग ब्रदरका ढाँचाबारे कुनै कथन नबनाउनसमेत चेतावनी दिएको छ । आइम्याक्सले भने नेपालमा बिग बोस भित्राउनुको उदेश्यले नेपालमा रहेका विभिन्न क्षेत्रका हस्तीहरुलाई सबैमाझ ल्याउनु र नेपाली फिल्म उद्योगको बिकासमा सहयोग पु¥याउनु रहेको भन्दै बिग बोस संचालन गर्न लागेको भन्दै शोको तयारी गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया