बलिउडमा यतिबेलाका चर्चित नायक अर्जुन कपुर र मलाइका अरोराबीचको प्रेम सम्बन्ध यतिबेला सर्वाधिक चर्चामा रहेका छन् । यी दुईको प्रेम सम्बन्धको गसिपहरु निकै बन्ने गर्छन् । तथापी यी दुईले औपचारिकरुपमा आफनो प्रेम भने स्वीकार गरेका थिएनन् । तर अर्जुन मलाइका भने हरेक इभेन्टहरुमा साथ साथ हुने गर्छन् । यसबीच अर्जुनले मलाइकासंगको प्रेम सम्बन्धको बारेमा मुख खोलेका छन् । उनले औपचारिकरुपमा नै मलाइकासंगको प्रेम सम्बन्ध स्वीकार गरेका छन् ।

एक पत्रिकासंगको अन्तरवार्तामा उनले आफु मलाइकासंग सहज महसुस हुने गरेको बताए । उनले मलाइका र आफनो सम्बन्धलाई लिएर पनि मिडियाले सधै सम्मान र इज्जत दिएको बताए । उनले भने “मलाइका या मेरो घर मुनि बस भनेको भए हामी गलत हुन्थ्यो । मानिसहरुले हामीले केही गलत गरेको भनेर बुझथे । तर हामीले केही गलत गरेका छैनौँ” ।

आफु र मलाइकाप्रति मिडियाको रवैया कहिले पनि गलत नभएको बताउँदै उनले सबैलाई धन्यवाद पनि थिए । उमेर अन्तरकै कारण यी दुईको प्रेमको चर्चा बढि हुने गर्छ । अजुर्न भन्दा मलाइका १२ बर्षले जेठी छिन् । त्यतीमात्र होईन मलाइकाको एक छोरा पनि रहेका छन् । अरबाज खानसंग डिभोर्स भएलगत्तै मलाइका र अर्जुन प्रेममा परेका थिए । हाल उनीहरुको बिवाहको चर्चा समेत भईरहेको छ तर अर्जुन अहिले नै बिवाह बारे सोचिनसकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया