नेपाली सिनेमा क्षेत्रमा केही फरक प्रयास गर्ने निर्देशक हुन मिलन चाम्स । हालै वीर विक्रम २ निर्देशन गरेका मिलन चाम्स अब अर्काे फिल्मको बनाउने तयारीमा रहेका छन् । उनको अब आउने फिल्म बिषेश हुने भएको छ । नेपालीको पहिचान बोक्ने फिल्म गोर्खा वारियर्स बनाउने भएका छन् । नेपालीहरुको योगदान, साहस, वीरता र सौर्यको गाथा पेश यस फिल्मका लागि मिलन निकै उत्साहित रहेका छन् ।

उक्त फिल्म नेपालसंगै अफगानिस्तान र लण्डनमा समेत सुटिङ हुनेछ । प्राय आफना फिल्महरु बिदेशमा सुटिङ गर्ने मिलन यस फिल्मले नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने विश्वास लिएका छन् । सगरमाथा, बुद्ध, गोर्खा र नेपालको सम्पदा, संस्कृति र पर्यटन अभिवृद्धिमा टेवा पुग्ने उनले आसा गरेका छन् । महंगो बजेटमा निर्माण हुने यस फिल्ममा कलाकारहरुको बारेमा भने केही जानकारी दिईएको छैन ।

तपाईको प्रतिक्रिया